तुलसीपुरम खुल्यो गण्डकी विकास बैंकको शाखा

पोखरा, २६ मंसिर

गण्डकी विकास बैंकले दाङको तुल्सीपुरमा शाखा संचालनमा ल्याएको छ । तुलसीपुर उपमहानगपालिकाका मेयर घनश्याम पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।  बैंकले तुलसीपुरमा शाखा संचालन गरेकोमा खुसी व्यक्त गर्दै तुलसीपुरका नगरवासी तथा ग्रामिण क्षेत्रमा रहेका जनताको घरदैलोमा वित्तिय सेवा पु¥याउनु पर्ने बताए ।

बैंकका संचालन कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर राउत, राप्ती ववई क्याम्पसका सहायक क्याम्पस प्रमुख सुर्य शर्मा, हाम्रो पँहुच बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी लगायतले बोलेका थिए । बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैकका गतिविधिका वारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी गराएका थिए ।

footwear zone

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस,एटिएम,सिआश्वा, आईपिएस, मोवाईल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

बैंकले आ.व. २०७५÷७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु। १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु २१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.