पोखरा । पोखराका दुई उद्यमी देवेन्द्र केसी र महादेव भण्डारीको संयुक्त लगानीमा बलेनी क्याफे सञ्चालनमा आएको छ । पोखरा–५ पर्स्याङ चोकमा क्याफे सञ्चालनमा आएको हो । क्याफेको माघ ६ गते औपचारिक उद्घाटन भइसकेको छ ।
पस्र्याङमा क्याफेको तेस्रो आउटलेट खुलेको हो । यस अगाडि कुटी रिसोर्ट र होटल कुटी लेकसाइडमा बलेनी क्याफे सञ्चालनमा आइसकेको छ ।
होममेड अर्गानिक स्पेसल ब्रेड, बर्थडे केक, पिज्जा, स्याड्वीच, बर्र्गर लगायत विभिन्न प्रकारका बेकरी आइटमलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा विभिन्न स्वादमा अर्गानिक कफी तथा अर्गानिक जुस पिउन सकिने सञ्चालक केसीले जानकारी दिए ।

क्याफेमा ६० जनाको क्षमता रहेको छ । क्याफेमा बिहान ५ देखि ७ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म विभिन्न किसिमका बेकरी आइटममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘पारिवारिक वातावरणमा हामीले पाहुनालाई सेवा प्रदान गर्छौं,’ केसीले भने । पस्र्याङक्षेत्रमा सुविधा सम्पन्न क्याफेको आवश्यकता महसुस गरी लगानी गरिएको सञ्चालक भण्डारीले बताए ।

बलेनी क्याफेको आउटलेट ६ महिना भित्र १० वटा पुर्याउने लक्ष्य रहेको केसीले जानकारी दिए । ‘पहिलो चरणमा पोखराका विभिन्न ठाउँमा आउटलेट विस्तार गर्छौं,’ केसीले भने, ‘त्यसपछि राजधानी काठमाडौंसहित अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ ।’




Comments are closed.