काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कायम भएको छ । त्यसको मूल्य मंगलबार प्रतितोला ९३ हजार ५ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.