पोखरामा खुल्यो पँधेरी गुरुङ किचन

आर्थिक आवाज
पोखरा, २६ मंसिर । पँधेरी हस्पिटालिटी सर्भिसेज प्रा.लिले गुरुङ समुदायको मौलिक खानाका परिकारहरु सहित पँधेरी गुरुङ किचन संचालन गरेको छ । पोखराको पृथ्वीचोक नजिकै नयाँबजार रोडमा सुविधा सम्पन्न किचन संचालनमा आएको संचालक मध्येका एक दुर्गा प्रसाद आचार्यले जानकारी दिए ।

किचनले स्वच्छ तथा पारिवारिक वातावरणमा ग्राहकको चाहना अनुसार मौलिक गुरुङ खानाका परिकारहरु पस्कने उनले बताए । गुरुङ खानाको प्रवद्र्धन गर्ने, स्वच्छ तथा स्वस्थ वातावरणमा सेवा प्रदान गर्ने, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने, सेवाग्राहीहरुलाई न्यानो आतिथ्यता प्रदान गर्ने लागयतका उद्देश्यले पँधेरी गुरुङ् किचन सञ्चालन ल्याएको अर्का संचालक टेकनसिङ गुरुङ्ले जानकारी दिए ।

किचनमा स्वच्छ, स्वस्थ तथा गुणस्तरीय खाना, खाजा, विभिन्न प्रकारका बेकरी आइटम, कफी, वेवरेजहरु समेत उपलब्ध हुने उनले बताए । विभिन्न प्राकृतिक दृश्यहरुको कलात्मक सजावटले साश्वत नेपालीपनको झल्को दिने गरी किचनमा पँधेरी र तगारो समेत निर्माण गरिएको छ । यसले मौलिक कला र संस्कृति मार्फत सिंगो नेपाल प्रवद्र्धनमा टेवा पुग्ने संचालकहरुले विश्वास लिएका छन् ।

footwear zone

किचनले बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म सेवा प्रदान गरिनेछ । करिब ५० लाख रुपैयाँ बराबरको लगानी रहेको गुरुङ किचनमा महिला पुरुष गरी १४ जनालाई रोजगारी पाएका छन् । साथै कम्पनीले निकट भविष्यमा ट्राभल एजेन्सी, होटल र हस्पिटालिटीका सम्पूर्ण सेवाहरु समेत प्रदान गर्ने लक्ष्य लिएको छ ।

You might also like

Comments are closed.