भारतमा कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

 

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ ।

बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

footwear zone

यसै अवधीमा कोरोना संक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या २२ लाख २३ हजार १८ रहेको छ ।

You might also like

Comments are closed.