घट्यो कोरोना संक्रमण दर, सक्रिय संक्रमित कति ?

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा संक्रमण पुष्टि भएको छ । सो अवधिमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

footwear zone

हालसम्म आठ लाख ४८ हजार ३६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.