पोखरा इलेक्ट्रोनिक्स व्यवसाय संघको २१औं वार्षिकोत्सव

पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसाय संघले २१औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आइतबार सामाजिक गतिविधि गर्दै वार्षिकोत्सव मनाएको हो ।
संस्थाले आइतबार पोखरा वृद्धाश्रमलाई राइसकुकर सहयोग गरेकोअध्यक्ष दधिराम दाहालले जानकारी दिए ।

उक्त अवसरमा संस्थाका अध्यक्ष दाहालसहित निबर्तमान अध्यक्ष उदय केसी, द्वितीय उपाध्यक्ष नवीनराज बराल, महासचिव पोषबहादुर भुजेल, सचिव चेतनारायण पोखरेल, कोषाध्यक्ष तीर्थराज देवकोटा लगायतको सहभागिता थियो ।

संस्थाले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सदस्य तथा व्यवसायीमा शुभकामना व्यक्त गरेको छ ।

footwear zone

 

You might also like

Comments are closed.