सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

footwear zone

अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ७ सय ८७ डलर आसपास कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.