प्रभु क्यापिटलले ल्यायो विन्टर अफर

काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।

कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि ँFree Demat र Mero Share सुविधा सहितको विन्टर अफर योजना ल्याएको छ ।

यस योजना अन्तगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । करिब ६ महिना पछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपाल भित्र वा नेपाल बाहिर जहाँकही रहने सबै ग्राहकले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाईनबाटै Free Demat खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सकुन् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको बताइएको छ ।

footwear zone

यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) बाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ । यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्नेछन् ।

 

You might also like

Comments are closed.