टेष्ला एयर कन्डिस्नरको गण्डकी प्रदेश कर्पोरेट कार्यालय अब पोखरामा

पोखरा । टेष्ला एयर कन्डिस्नरले सेवा विस्तार अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा कम्पनीले गण्डकी प्रदेशको राजधानी पोखरामा कार्यालय स्थापना गरेको छ । प्रदेशको कर्पोरेट कार्यालय पोखराको जिरो किलोमिटरमा स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले आर्थिक आवाजलाई जानकारी दिए ।

श्री गणपति इनर्जी प्रदेशको आधिकारिक बिक्रेता रहने गरी कम्पनीले कर्पोरेट कार्यालय स्थापना गरेको छ । कार्यालयबाट छिट्टै सेवा सञ्चालन हुने आचार्यले बताए । ‘पोखरामा यस अगाडि पनि टेस्लाका प्रडक्टहरु बिक्रीका लागि आउने गरेका थिए,’ आचार्यले भने, ‘अब कम्पनी आफैले कर्पोरेट कार्यालयसहित शोरुम स्थापना गरेको छ । यस क्षेत्रका सेवाग्राहीलाई हामीले नजिकबाट सेवा प्रदान गर्नेछौं ।’

टेस्ला नेपाली ब्राण्ड हो । बिगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्ड लोकप्रिय बनेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री रहेको आचार्यले बताए।

footwear zone

डिलर नेटवर्कमार्फत देशभरको बजारमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर बिक्री भइरहेको आचार्यले जानकारी दिए । ‘न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि छ,’ आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ ।’ नेपाली ब्राण्डप्रति ग्राहकको आकर्षण देखिनु सकारात्मक पक्ष रहेको र आफूहरु उत्साही भएको आचार्यले बताए ।

You might also like

Comments are closed.