नेपाल बैंकर्स संघ गण्डकी प्रदेशमा केसी, उपाध्यक्षमा रोका र सचिवमा मानन्धर

पोखरा । नेपाल बैंकर्स संघ गण्डकी प्रदेशको अध्यक्षमा समिर केसी निर्विरोध निर्वाचित भएका छन् ।

हालै सम्पन्न दोस्रो अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष केसी सिभिल बैंक लिमिटेड गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । कार्यसमितिको उपाध्यक्षमा सूर्य रोका (नविल बैंक), सचिवमा सन्दिप मानन्धर (लक्ष्मी बैंक) छन् ।

footwear zone

सदस्यमा विद्या थापा (हिमालयन बैंक), शान्ति शेरचन (प्रभु बैंक), ज्ञानेन्द्र पन्त (मेगा बैंक), सुदिप हल्वाई (सानिमा बैंक) रहेका छन् ।

संस्थापक अध्यक्ष दीपेन्द्र शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.