काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ९७ डलर आसपास कारोबार भइरहेको छ । रासस




Comments are closed.