महालक्ष्मीस्थान तथा सातदोबाटो क्षेत्रमा माक्स वितरण

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान तथा सातदोबोटो क्षेत्रमा माक्स वितरण गरिएको छ । युनिराइड अटो महालक्ष्मीस्थान, नेपाल अटो रिकन्डिसन व्यवसायी संघ र ललितपुर महानगरीय ट्राफिक कार्यालयको संयुक्त आयोजना तथा सक्रियतामा माक्स वितरण गरिएको हो ।

टिभिएसको ललितपुरस्थित डिलर युनि राइड अटोका सञ्चालक निर्मल सिग्देल, नेपाल अटो रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बिएन पाठक र ललितपुर महानगरीय ट्राफिक कार्यालय प्रमुख नरेश बहादुर शाहीको नेतृत्वमा मास्क वितरण गरिएको हो ।

कोभिड नियन्त्रणका लागि माक्स अनिवार्य लगाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कतिपय सर्वसाधारणलाई मास्क आवश्यक भएपनि सबैका लागि पहुँचयोग्य नहुन सक्ने भएकाले त्यसै अनुसार मास्क वितरण गरिएको युनिराइड अटोका सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

footwear zone

सामाजिक उत्तरदायित्व बहन गर्दै माक्स वितरण गरिएको सिग्देलले जानकारी दिए ।

You might also like

Comments are closed.