काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २ सय ५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहिबार सुन प्रतिऔँस एक हजार ८ सय ६ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.