ओरालो लाग्दै संक्रमण, एक हजार ७१४ संक्रमित थपिए

 

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको सङ्ख्या ५२ हजार ७८० छ ।

footwear zone

आज चार हजार ७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

You might also like

Comments are closed.