सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ

 

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ हजार थियो ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ । रासस

 

You might also like

Comments are closed.