देशभर सामाजिक कार्य गर्दै मनाइयो सिद्धार्थ विजनेश ग्रुपको २४औं वार्षिकोत्सव

काठमाडौं । विगत २३ वर्ष अघि कैलाली टिकापुरबाट व्यावसायिक यात्राको शुरुवात गरेको सिद्धार्थ विजनेश ग्रुपले आफ्नो व्यावसायिक यात्राको २४औं वार्षिकोत्सवको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रम गरेको छ ।

ग्रुपले सुर्खेत निवासी दीपक जैशीको दुवै मृगौलाले काम गर्न छाडी उपचारको क्रममा रहेकाले उनको उपचारको लागी सहयोग गरेको छ । ग्रुप अन्तर्गत सञ्चालित सिद्धार्थ एसोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटिज् नामक सामाजिक सेवा मूलक संस्थाको तर्फबाट एक लख पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

सिद्धार्थ अन्तर्गत सम्पूर्ण शाखाहरुमा कार्यरत महिला कर्मचारीहरुको लागि आवश्यकता अनुसार सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने निर्णय सहित उक्त कार्यक्रमको शुभारम्भसमेत भएको छ ।

footwear zone

रुपन्देही जिल्ला अन्तर्गतका थालासेमिया रोगका बिरामीहरु (असहाय र विपन्न वर्ग ) लाई डा. सन्तोष पोखरेल, डा. अनुप पोखरेल तथा वरिष्ठ हेल्थ असिस्टेन्ट श्रीकान्त सुवेदीको संयोजकत्वमा कम्तीमा १५ जनालाई १ वर्षसम्मका लागि निःशुल्क औषधी उपलब्ध गराउने कार्य भएको छ । काठमाडौं बौद्ध रामहिटी आसपास क्षेत्रमा सरसफाई तथा डस्टबिन वितरण भएको छ ।

त्यसैगरी ललितपुर धोबिघाटस्थित ब्लाइन्ड फेमिली हाउसमा आश्रित ३५ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । काठमाडौंस्थित सिद्धार्थ इन्स्टिच्युटमा अध्ययनरत ३ जना गरिब जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको न्यौपानले जानकारी दिए ।

चितवन जिल्ला इच्छाकामना गा.पा.३ स्थित राष्ट्रिय आधारभूत विद्यालय चैवुङमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण भएको छ ।

सुर्खेत साझा घर नेपाल अनाथ आश्रममा रहेका करिब ७० जना बालबालिकालाई खाद्यन्न वितरण तथा देउतीवजै मन्दिर सरसफाई गरिएको छ ।

टिकापुर अस्पतालमा उपचाररत ५० जना बिरामी तथा प्रसुती महिलालाई फलफुल, जुस तथा तातो सुप वितरण गरिएको छ ।

चिसापानीस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट वरिपरि सरसफाई तथा वृद्धा आश्रममा रहेका २५ जनालाई खाद्यन्न वितरण गरिएको छ ।

नेपालगञ्जस्थित होटल सिद्धार्थ तथा सिद्धार्थ कटेजको तर्फबाट रक्तदान, स्वास्थ्य शिविर तथा निलसागर आश्रममा रहेका करिब १५० जना वृद्घ तथा बालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यन्न वितरण गरिएको छ ।

महेन्द्रनगरस्थित महिला तथा बृद्धाश्रम सेवाकेन्द« आश्रित बृद्धबृद्धा र बालबालिका समेत ६२ जना लाई खाद्यन्न वितरण गरिएको छ ।

कपिलवस्तुको चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टको तर्फबाट चन्द्रौटास्थित आधारभूत स्वास्थ सेवा केन्द्रमा कार्यरत कोभिड ̵ १९ मा अहोरात्र खटीई कार्य गरी खट्ने ४ जना स्वास्थ्यकर्मी राष्ट्र सेवकहरुलाई सम्मान गरियो ।

You might also like

Comments are closed.