दमक । झापा, शिवसताक्षीका पुराना पत्रकार छविलाल दवाडीले सताक्षी प्रेस क्लबमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
सो क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहिक खबरपत्रिकाका सह–सम्पादकसमेत रहेका दवाडीले आफ्नो दिवङ्गत श्रीमती यन्तिदेवीको स्मृतिमा क्लबमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
उनले दिवङ्गत श्रीमतीको वार्षिकीका अवसर पारेर सोमबार क्लबका अध्यक्ष सेलिङ केसीलाई अक्षयकोषको चेक हस्तान्तरण गरे ।

दवाडीले पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यकारलाई थप प्रोत्साहन दिन क्लबमा अक्षयकोष स्थापना गरेको बताए । क्लबमा यसअघि मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।




Comments are closed.