व्यावसायिक हकहितका सक्रिय हुँदै नाडा, मन्त्रालय तथा विभागसंगको भेटघाटमा तिब्रता

काठमाडौं । सवारी प्रदुषण मापदण्ड वि.यस ६ को कार्यान्वयनका सम्बन्धमा सरकारसँग नाडाले छलफल गरेको छ । केही दिन अघि नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटी सो मन्त्रालयले ल्याउन लागेको उक्त नीतिका सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दे जानुपर्ने बताए । ‘अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइ सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्नुपर्छ,’ उनले भने ।

भेटघाटलाई निरन्तरता दिने क्रममा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसंग भेटी चालुपुंजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दे तत्सम्बन्धमा पत्र समेत बुझाएको थियो । सो भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा

footwear zone

‘लोन टु भ्यालु रेसियो’को हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि उनले आग्रह गरे । हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट बृद्धि गरेर ५० प्रतिशत पु¥याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनहरुको मूल्य समेत बढनगई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन उनले अनुरोध गरे । उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनको लागि राखेको धितो रकममा बैंकहरुले व्यवसायीहरुलाई व्याज समेत दिने व्यवस्थाका लागि समेत अनुरोध गरे ।

नाडाले आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममा भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासंग भेटी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु लगायत ७० औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, विक्रिको विलिङ पनि एचएस कोड मै गरिनु पर्ने लगायतका विभिन्न विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले यसै माघ महिनादेखि आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई तिब्रता दिदै आएकोे जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसंग भेटी एजेन्सी, फर्म दर्ता एवं नविकरण लगायत आधिकारिक विक्रेताले मात्र अटोमोवाइल बस्तुहरु आयात गर्न पाउने व्यवस्था बारे छलफल गर्दे सो सम्बन्धमा पत्र समेत बुझाएको छ । भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधि मण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसंग भेटी नेपालमा सवारी साधनको ऐसेम्बली प्लाण्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्या बारे धेरै अन्यौलता भएकोले त्यसमा स्पष्टताको लागि नाडाले अनुरोध समेत गरेको जनाएको छ ।

यसै क्रममा नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसंग भेटी नेपालमा स्वच्छ व्यवसायलाई प्रेणित गर्न एक आपसमा सहकार्य गर्ने, व्यवसायीहरुलाई परेको समस्याहरुको बारेमा सहजीकरण गर्ने लगायत नाडाको पहलमा निकट भविष्यमा हुने भिसिटिएस सम्बन्धी तालिम कार्यक्रमका लागि विभागले सहयोग गर्ने इत्यादि विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडा प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसंग भेटी सवारी साधनको इम्बोष्ड नम्बर प्लेट, भारतबाट सवारी साधन पैठारी गर्दा ६÷६ महिनामा सिओपी बुझाउनु पर्ने व्यवस्था लगायत सरकारले हालै ल्याउन लागेको नेपाल सवारी साधन प्रदुषण मापदण्ड बिएस ६ को विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ । त्यस्तै नाडाको एक प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीसंग पनि द्विपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको छ । सबै छलफल तथा भेटघाट कार्यक्रमहरुमा नाडाका पदाधिकारीहरु लगायत सम्बन्धित समितिका सभापतिहरुको उपस्थिति रहेको महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश)ले जानकारी दिए ।

You might also like

Comments are closed.