त्रिशुली बचाउन सामुहिक एक्यबद्धता (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा पर्यटन आवद्ध संघ संस्था तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, उद्योगि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, तथा पर्यटन सम्बद्ध संघ संस्थाहरु हान, टान, नाट्टा, पर्वतारोहण संघ, पर्यटन यातायात व्यवसायी संघ, रेबान तथा राजनीतिक दल आवद्ध पर्यटन सम्बद्ध संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नाराका तर्फबाट उपाध्यक्ष मेघ आलेले विषयवतुको बारेमा प्रस्तुतीकरण पेश गरेका थिए । उक्त अवसरमा बोल्दै नेपालको जलयात्रा पर्र्यटनको इतिहास र यस भित्रका समस्याहरुको बारेमा प्रकाश पारेका थिए । प्रस्तुतिमा त्रिशुली नदीको फिस्लिङ नजिक प्रस्तावित सुपर त्रिशुली जलविद्युत परियोजनाका कारण जलयात्रा व्यवसाय र आवद्ध पर्यटन क्षेत्रमा पर्नजाने समस्याको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका सदस्य तथा स्वास्थ्य तथा सिप विकास समिकिा सभापति हेमराज ढकालले नेपालको जलयात्रा पर्यटन भित्रको मुख्य केन्द्रमा रहेको त्रिशुली नदी परिचित रहेको र त्यहाँ जलविद्युत बाँध निर्माण गरि जलयात्रा पर्यटन मास्न नहुने र व्यवसायिको समस्याका बारेमा छलफल गर्नका लागि सम्बद्ध पक्षसँग सहजिकरण गर्न तयार रहेको बताए ।

footwear zone

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन व्यवसायका समस्याका बारेमा सबै संगसंस्था गोलबद्ध भएर अगाडि बढे मात्र सम्भव हुने र पर्यटन बोर्ड साथमा रहेको जनाए ।

कार्यक्रममा नाराका तर्फबाट बोल्दै अध्यक्ष गंगा प्रसाद नेपालले जलयात्रा पर्यटन जोगाउन त्रिशुली नदीलाई स्वतन्त्र रहन दिइनुपर्ने तथा अन्य सम्भाव्य विकल्पको अध्ययन गरि जलयात्राको लागि नदिका मुख्य खण्डहरु जोगाउनु पर्नेमा जोड दिए । नदी जलयात्रा व्यवसायको मात्र नभइ सम्पूर्ण पर्यटन व्यवसायको केन्द्र रहेकाले पर्यटकीय आकर्षणको केन्द्रको संरक्षणमा सबै पक्षबाट साथ र सहयोग रहने सहभागिहरुको मत छ ।

त्रिशुली बचाउन सामुहिक एक्यबद्धता पत्र (पूर्ण पाठ)

सन् ६० को दशकमा स्थापना भएको जलयात्रा व्यवसायको विकास, विस्तार र प्रवर्धनका लागि नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् (नारा) ले आफ्नो स्थापना कालदेखि नै अनवरत रुपमा विभिन्न कार्यहरु गरिरहेको यहाँहरुलाई अवगत गराउन चाहान्छु । नेपालमा रहेका नदी नालाहरु साहासिक जलयात्रा पर्यटनकालागि विश्वमै उत्कृष्ट छन । नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण स्तम्भको रुपमा रहेको जलयात्रा व्यवसाय नदीनालाहरुमा बढ्दै गएको अतिक्रमण विशेष गरेर जलविद्युुत बाँध तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खन्नले गर्दा संकटपुर्ण अवस्थामा छ ।

यसै सन्दर्भमा त्रिशुली नदीको कुरिनघाटमा प्रस्तावित सुपर त्रिशुली जलविद्युुत परियोजना (१०० मेघावाट) को विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिशुली नदीको निम्न उल्लेखित महत्वलाई ध्यानमा राखि परियोजना निर्माणलाई अगाडि नबढाउन तथा सो परियोजनाको कुनैपनि कार्यहरु तत्काल सुरुवात नगराउनको लागि आवश्यक समन्वय गरिदिनुहुन अनुरोध गर्दछौं ।

१) प्रस्तावित आयोजनाका कारण पर्यटकीय रोजाइका साथै अर्बौको लगानिमा सञ्चालित राफ्टिङ व्यवसाय, रिभर रिसोर्ट, होटल तथा समस्त पर्यटन उद्योेगमा हुने ठुलो क्षती ः सुपर त्रिशुली जलबिद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनले समेत त्यस क्षेत्रमा सञ्चालनमा रहेको राफ्टिङ् तथा नदीमा आश्रित अन्य पर्यटन व्यवसायमा असर पुर्याउने उल्लेख गरेको छ । प्रस्तावित आयोजनाका कारण पर्यटकीय रोजाइका अर्बौको लगानीमा सञ्चालित राफ्टिङ, होटल, रिसोर्ट तथा समस्त पर्यटन उद्योगले नै ठुलो क्षती व्यहोर्ने छ । जसका कारण नेपालको पर्यटन क्षेत्रको बारेमा विश्वभर नै नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ ।

२) प्रभावित पक्षसँग समन्वय नगरी गरिएको इआइए पुनः गराइ पाऊँ ः सबै पक्षसँग समन्वय नगरी एकतर्फी रुपमा तयार गरेर मनगणन्ते तथ्य प्रस्तुत गरिएको इआइए प्रतिवेदन अपूर्ण देखिएकाले थप अध्ययन गरि प्रतिवेदन पुनः लेखन गराउनकालागि समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दर्छौ । परियोजनाको इआइए प्रतिवेदनमा उल्लेख गरिएका जलयात्रा पर्यटनसँग सम्बन्धित तथ्यांक मनगणन्ते तथा निराधार छ । जस्तै, उक्त प्रतिवेदनमा ६ राफ््टिङ् कम्पनी र १२ कामदार उल्लेख गरिएको छ तर वास्ताविकता मा ८२ राफ्टिङ् कम्पनी नारा का सदस्य र ३००० हजार भन्दा बढी राफ्टिङ् गाइड र तिनीहरुमा आश्रित परिवार छन । त्यसैगरी, प्रतिवेदनमा जलयात्रा व्यवसाय, अन्य पर्यटकीय संरचना तथा साँस्कृतिक महत्वका घाटमा असर पर्न जाने उल्लेख गरि असर न्युनीकरणका उपाय अबलम्बन गरिने उल्लेख भएतापनि त्यसको विषयमा प्रस्टरुपमा कहाँ के गरिने भन्ने विषयमा उल्लेख भएको पाइँदैन । यो परियोजना सुरु भएमा भविष्यका सन्ततीहरुको प्रकृति र साहसिक नदी पर्यटनसंग रमाउने अधिकारबाट बन्चित हुनेछन ।

३) व्यवसायी तथा श्रमिकहरुले मातृ नदी (ःयतजभच च्ष्खभच) को रुपमा पुज्ने गरिएको नदी ः सन ६० को दशकमा नेपालमा जलयात्रा पर्यटनका सुरुवात भएको यस नदी विश्वभरका जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । यस नदीलाई नेपालका जलयात्रा पर्यटन सम्बृिधत व्यवसायी तथा श्रमिकहरुले मातृ नदीको रुपमा पुज्ने गरेका छन ।

४) नेपालको साहासिक जलयात्रा पर्यटन मृतःप्राय हुने र विश्व पर्यटन समुदायमा नकारात्मक सन्देश जाने ः नुवाकोट जिल्लाको देविघाटदेखि चितवन र तनहुँ जिल्लामा पर्ने देवघाट सम्मको क्षेत्र धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक, तथा भौगर्भिक रुपमा विषेश महत्वको रहेको छ । नेपाल भ्रमण गर्ने ८० प्रतिशत भन्दा धेरै पर्यटकको नजरमा पर्ने यो नदीमा जलविद्युत परियोजना निर्माण हुने हो भने नेपालको साहासिक जलयात्रा पर्यटन मृतःप्राय हुने देखिन्छ भने विश्व पर्यटन समुदायमा नकारात्मक सन्देश जाने छ जसबाट नेपालले ठुलो क्षति ब्योहर्नु पर्ने छ ।

५) जलविद्युत परियोजना निर्माणका अन्य सम्भावनाहरु ः ६००० भन्दा धेरै नदीनालाहरु रहेको साथै ८३,००० मेगावाट भन्दा बढी जलविद्युत उर्जा उत्पादन गर्ने क्षमता भएको देशमा अझ बढी जलविद्युत उर्जा उत्पादन गर्न सम्भाव्य अन्य नदी तथा स्थानहरु उपलब्ध रहँदा रहँदै पनि पर्यटकीय रोजाइमा पर्ने विषेश महत्वको यस क्षेत्रमा प्रस्ताव हुनु भनेको जलयात्रा पर्यटन तथा पर्यटन सम्बद्ध अन्य व्यवसायमा आवद्ध ३००० भन्दा धेरै श्रमिक तथा उनिहरुसँग आश्रित हजारौ परिवारको जिविकोपार्जनमा असर पुग्नेछ ।

६) उत्पादित विद्युत खेर जाने आँकलन ः त्रिशुली नदीमा जलयात्रा पर्यटनको सुरुवातको स्थानमा रहेको देविघाट देखि माथिल्लो क्षेत्रमा ७ वटा परियोजना निर्माणधिन तथा सञ्चालनमा रहेको सन्दर्भमा पर्यटकीय केन्द्रमा नै अर्को परियोजना निर्माण गर्नु बान्छनीय देखिदैन । यसका साथै उर्जा खपत, प्रशारण तथा बजारको अभाबले गर्दा हाल उत्पादित तथा निकट भविष्यमा निमार्ण सम्पन्न हुने आयोजनाबाट उत्पादित विद्युत खेर जाने आँकलन भैरहेको सन्दर्भमा पर्यटकीय नदी खण्डमा पुनः अर्को आयोजना थपिनु सान्दर्भिक रहँदैन ।

७) प्रत्यक्ष प्रभावित क्षेत्रका सरोकारवालहरुसँगको प्रत्यक्ष छलफल तथा सुनुवाइ नभएको ः वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन स्विकृतिको लागि प्रस्तुत गरिएको राय सुझाव अन्तर्गत ७ नं बुदाँमा उल्लेखित सुझाव कार्यन्व्यनका सन्दर्भमा जलयात्रा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा यससँग सम्बन्धीत एसोसिएसनसँग आजका दिनसम्म पनि कुनै समन्वय तथा छलफल आयोजना गरिएको छैन । विकास निर्माणको प्रकियामा प्रत्यक्ष प्रभावित क्षेत्रमा कार्यरत हामि विभिन्न संघ, संस्था, व्यवसायी तथा सरोकारवाला हरुसँगको प्रत्यक्ष छलफल तथा सुनुवाइ नहुनु गम्भिर चासो तथा चिन्ताको विषय रहेको छ ।

८) हाम्रो अभियान दिगो पर्यटनका लागि दिगो विकाससँग सम्वन्धित छ ः हामिलाई विकास विरोधिको आरोप लगाएर हुने विनासको कदापि पक्षपाति हुन सक्दैनौ, हामीलाई विकासको नाउँमा नराम्रो विकास अर्थात कुविकास स्वीकार्य छैन । हाम्रो अभियान दिगो पर्यटनका लागि दिगो विकाससँग सम्वन्धित रहेको हुँदा दिगो विकासका मुलभुत पक्षहरुको बारेमा विषेश ध्यान पूर्याउनु आजको आवश्यकता हो ।

९) हाम्रो अपील ः नदीलाई राष्ट्रको सम्पदाको रुपमा घोषणा गर्दै नदी उपयोग नीति निर्माण गरी नदीको संरक्षण गर्नु प्रकृति तथा मानव सभ्यताको रक्षाकालागी अपरिहार्य रहेको छ । तसर्थः प्रत्येक प्रदेशमा पर्यटकीय तथा वातावरणको दृष्टिकोणले महत्वपूर्ण मानिने कम्तिमा एक नदी अथवा नदीखण्डलाई स्वतन्त्र रुपमा बग्ने सम्पदा नदीको रुपमा प्रकृतिलाई छाड्नेगरि संरक्षण गर्नकोलागी जोडदार अपिल गर्दछौ । साथै, त्रिशुली नदी अन्तर्गत नुवाकोट जिल्लाको धार्मिक, सांस्कृतिक र एतिहाँसिक दृष्टिकोण ले महत्वपूर्ण देबीघाटदेखी तनहु, चितवन र नवलपुर को त्रिशुली काली गण्डकी को संगम मा पर्ने धार्मिक स्थल देवघाट सम्मको नदी खण्डलाई अविलम्ब सम्पदा नदी घोषणा गरियोस र यसको संरक्षण गरियोस भन्ने जोडदार माग गर्दछौ ।

अन्त्यमा, “नेपाल यति सुन्दर छ कि नबिगारे पुग्छ”, तर हामी बिगार्न मै व्यस्त छौ कि ? भाबी सन्ततिकोलागि भए पनि दिगो रुपमा उपभोग गर्दै उनीहरुको हक अधिकार सुनिस्चित, सुरक्षित र संरक्षित हुन अति आवश्यक छ साथै हाम्रो सोचलाई दुरगामी बनाउनु पर्दछ, नत्र भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन ।

अध्यक्ष
नेपाल एशोसियसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)

अध्यक्ष
होटल एसोसियसन अफ् नेपाल (हान)

अध्यक्ष
ट्रेकिङ् एसोसियसन अफ नेपाल (टान)

अध्यक्ष
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)
अध्यक्ष
नेपाल पर्वतारोहण संघ

अध्यक्ष
रेष्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेबान)

अध्यक्ष
सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो)

अध्यक्ष
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)

अध्यक्ष
टुरिस्ट बस एसोसियसन अफ नेपाल

अध्यक्ष
ठमेल पर्यटन विकास परिषद

अध्यक्ष
एक्सपीडीसन अपरेटर््स एसोसियसन नेपाल

You might also like

Comments are closed.