भेडाबाख्रालाई पिपिआर खोप लगाइयो

कञ्चनपुर । कञ्चनपुरमा ८६ हजार घरपालुवा जनावर भेडा र बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउनका लागि जिल्लाका नौवटै स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई पिपिआर महामारी रोगविरुद्धमा खोप लगाइएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीका अनुसार चालु आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो ।

सूचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताए ।

footwear zone

“चालु आवमा ९० हजार भेडाबाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ”, उनले भने, “दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौँ । अभियान निरन्तर जारी रहन्छ ।” एकपटक खोप लगाइसकेपछि तीन वर्षका लागि ढुक्क हुने उनको भनाइ छ ।

You might also like

Comments are closed.