पोखरा । सामाजिक संस्था लायन्सको गभर्नरमा राजेन्द्रकुमार बाटाजू निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न कन्भेन्सनबाट लायन वर्ष २०२२/२३ का लागि ‘डिस्ट्रिक्ट ३२५ के’को गभर्नरमा बाटाजू निर्वाचित भएका हुन् ।
त्यस्तै डिस्ट्रिक्टको फस्ट भाइस गभर्नरमा सुचित्रा थापा र सेकेन्ड भाइस गभर्नरमा निरा बज्राचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी इलेक्ट गभर्नर बाटाजूले डिष्ट्रिक्टको क्याबिनेट सेक्रेटरीमा मीनराज काफ्ले र ट्रेजररमा मदनकुमार मुल्मी र चिफ एडभाइजरमा दुर्गाप्रसाद हुमागाईलाई मनोनित गरेका छन् ।





Comments are closed.