जोखिम बस्ती व्यवस्थित गरिँदै

मनाङ । बाढीपहिराले जोखिम बनाएको बस्तीलाई व्यवस्थित गरिने भएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले सबैभन्दा बढी जोखिमबस्ती बनेको मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँलाई व्यवस्थापन गर्न लागिएको हो ।

वर्षायाम लाग्नुभन्दा अगावै जोखिम बस्तीको व्यवस्थापन गर्ने उद्देश्यका साथ पूर्व श्रमराज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ प्राविधिक टोलीसहित अनुगमन गर्न आएको थिए । उनले जोखिम बस्तीलाई सुरक्षित र व्यवस्थित बनाउन प्राविधिकसहित अध्ययनका लागि आएको बताए ।

“यो स्थान नदी किनारमा रहेकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउन आवश्यक छ । जाडोयाम मुस्किलले कटाइए पनि जोखिम जतिबेला पनि हुनसक्ने भएकाले हामीले समयमै ध्यान पु¥याउन जुरुरी छ,” नेता गुरुङले भने, “अब गर्मीयाम सुरु हुनासाथ काम गर्ने गरी अध्ययन तथा अनुगमन गर्न लागिएको हो ।” जिल्लाकै जोखिम बस्तीका बासिन्दालाई आवास निर्माणदेखि उनीहरुलाई सुरक्षित राख्न लागिपरेको उल्लेख गर्दै उनले समयमै सतर्कता अपनाउन जरुरी भएकाले पनि हिउँदयाम सकिनासाथ काम अगाडि बढाउने गरी लागिपरेको जानकारी दिए ।

footwear zone

तालगाउँका बासिन्दाले हिउँद सुरु हुनासाथ बाढीपहिरोले क्षति पु¥याएको घरको मर्मत गरी बस्दै आएका थिए । हिउँद लागेपछि पनि आवश्यक निर्माणका सामग्री ढुवानी गर्न सम्भव नभएकाले बाढीले क्षति पु¥याएको घरलाई मर्मत गरी बस्न उनीहरू बाध्य भएका थिए । जाडो कटाउन पुरानो घर मर्मत गरेर बसेको र अहिले यहाँ नेता र प्राविधिकले अनुगमन गरेपछि केही राहत पुग्ने अपेक्षा भएको स्थानीय आन्द्रे गुरुङले बताए ।

“जाडो जसोतसो कटाउन लागेका छौं । अब मस्र्याङ्दी नदीमा बाढीपहिरो आए पनि सुरक्षित बस्न पाउछौं कि भन्ने आशा जगाएको छ,” स्थानीयवासी मीनराशी गुरुङ भन्छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले गाउँपालिका र प्रदेशबाट प्राप्त बजेटबाट तालगाउँलगायत जोखिम तथा घरबारविहीन बनेका स्थानीयवासीको आवास निर्माणका काम गर्न तयारी गरिएको बताए ।

“बढी जोखिम बस्तीका बासिन्दाको आवास निर्माणका लागि सम्बन्धित स्थानीय र प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट निर्माण गरिनेछ,” उनले भने । गत असार १ गतेयता पटक–पटक परेको वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङका विभिन्न भागमा तहसनहस बनाएको थियो । यहाँका धेरै बस्तीमा बाढीपहिरोले सामुदायिक भवन तथा आवासमा क्षति पु¥याएकामा सबैभन्दा बढी क्षतिग्रस्त क्षेत्र तालगाउँलाई प्राथमिकतामा राखिएकामा स्थानीयवासीमा उत्साह थपिएको छ ।

You might also like

Comments are closed.