मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सिसी टिभी क्यामेराका लागि सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेरा लागि सहयोग गरेको छ ।

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान
सि.सि.टिभी क्यामेरा एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ , मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र अन्य कर्मचारी तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

footwear zone

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card  प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine  बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

You might also like

Comments are closed.