फागुन ११ गतेदेखि इलाममा तारा एअरको नियमित उडान

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।

निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आईतबार र बिहिबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालीका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि वि।सं। २०७५ जेठ २१ गते तारा एअरको ट्वीनेटर जहाजले परिक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौं देखी इलाम सम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फि भाडा रु नौ हजार कायम गरिएको छ ।

footwear zone

ईलाम नगरपालीकाका प्रमुख महेश वस्नेतले पर्यटन बोर्ड तथा तारा एअरले पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे । पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए ।

ईलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्रहरु हुन् ।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ । काठमाण्डौ -इलाम- काठमाण्डौं को टिकट सेल्स काउन्टर, ट्राभल्स एजेन्सी, यती मोबाईल एप तथा अनलाईन सेवाहरुमा उपलब्ध छ ।

You might also like

Comments are closed.