जनउत्थान सामुदायिक लघुवित्तद्वारा बिमा दाबी रकम हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय ठाकुरबाबाले मिति २०७८/ ११/३ गतेका दिन बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
ठाकुरबाबा नगरपालिका वडा न.९ बेतहनीस्थित शाखा कार्यालय ठाकुरबाबामा आबद्ध केन्द्र न. ४२.००२८.०१.४ बैकिङ समुदायकी सदस्य स्व. मिना चौधरीको मृत्यु पश्चात उनको श्रीमान इन्द्र प्रकाश चौधरीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । स्व. मिना चौधरी  संस्थामा  २०७६ भदौ ३० गते देखि आबद्ध थिए । सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट  १ लाख ७५ हजार रुपैयाँ र क्रिया खर्च रकम  १२ हजार ५ सय रुपैयाँ गरी  १ लाख ८७ हजार ५ सय रुपैयाँ हकदार श्रीमान इन्द्र प्रकाश चौधरीलाई हस्तान्तरण गरिएको हो ।
footwear zone
बीमा दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा संस्थाको कोहलपुर बेस अनुगमन अधिकृत मधु कुँवर, शाखा कार्यालय ककौरा शाखाका प्रमुख कृष्ण अधिकारी, ठाकुरबाबाका शाखा प्रमुख हरि चौधरी, कर्मचारी कमला आचार्य, बन्दना घर्ति मगर, आर्जिना वैधले मृतकको श्रीमानलाई रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा यस संस्थाका कर्मचारीहरु र बिभिन्न बैकिङ समुदायको सदस्यहरु साथै स्थानियहरु समाजसेवीहरुको उपस्थिति थियो ।
You might also like

Comments are closed.