जेनेसले उठायो दोश्रो चराणको लगानी, कुल लगानी १० लाख अमेरिकी डलर

विजनेश अक्सिजन प्रा.लि.ले जेनेस सोलुसन प्रा.लि.मा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।

विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावनाहरु भएका कारण जेनेस सोलुसन प्रा।लि।लाई विश्वभर डिजिटल रुपान्तरणको उदीयमान कम्पनीको रुपमा स्थापित गराउन विजनेश अक्सिजनले थप लगानी गरेको हो ।

विजनेश अक्सिजन प्रा।लि। ९बीओटु० नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन ९आईएफसी० को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंग हो । यसमा आईएफसीको बल्र्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड ९पीपीसीआर० र एफसीडीओको लगानी छ । यो लगानीलाई ह्वाइट लोटस सेन्टर प्रा।लि। को सहायक कम्पनी डब्लूएलसी भेन्चर प्रा।लि।ले व्यवस्थापन गरेको हो ।

footwear zone

‘विजनेश अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित छौं, यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिष्पर्धी टिम बनाउन सहयोग गर्नेछ’ जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुयाल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संशाधन विकास गरी डिजिटल रुपान्तरणमा सहयोगी बन्नु हो ।’

विजनेश अक्सिजनबाट लगानी आएसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा आउने लगानीलाई हाम्रा जनशक्तिको क्षमता अभिवद्धि र यहीँ अन्तर्राष्ट्रिय स्तरका प्रतिष्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गरिनेछ ।

जेनेसले हालसम्म नेपाल र अन्य मुलुकमा गरी एक हजार बढी व्यवसायको डिटिजल रुपान्तरणमा सहयोग गरिसकेको छ । नेपालसहित ८ मुलुकमा यसको कार्यालय छन् । क्लाउड सेवासँगै जेनिसले उच्चस्तरको डेटा सुरक्षा अडिट र डिजिटल मार्केटिङमा पनि सेवाग्राहीलाई सहयोग गरिरहेको छ ।

‘आईटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारीको समयमा यसको महत्व अझै बढी देखिएको छ । अब हरेक व्यवसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन’ विजनेश अक्सिजन प्रा।लि।का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे भन्छन्, ‘जेनेसमा हाम्रो लगानी यसको टिममा हाम्रो विश्वासलाई देखाउँछ, नेपाललाई बलियो आईटी हब बनाउने जेनेसको उद्देश्यमा सहभागी बन्न पाउँदा खुशी छौं ।’

You might also like

Comments are closed.