एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नाडाको आग्रह

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको प्रति नाडाले ध्यानाकर्षण गराएको छ ।

यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ । यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तिय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गर्न नाडाले माग गरेको छ ।

साथै हालै नेपालका बैक तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेका छन् । निक्षेपको व्याजदर बढेसंगै बैंक तथा वित्तीय निकायहरुले स्वभाविक रुपमा कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैंकसंग नाडाले अनुरोध गरेको छ । वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिकक्षेत्रलाई ठूलो मार पर्नेछ ।

footwear zone

उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैकसंग नाडाले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.