बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ?

काठमाडौं । बालबालिका हुने क्यान्सर विभिन्न किसिमका हुन्छन् । ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो ।

बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने चिकित्सकहरु बताउँछन् । त्यसैले बालकालिमा हुने रक्त क्यान्सर हुँदा बालबालिकामा देखिने लक्षणहरु जानी राख्दा राम्रो हुन्छ ।

क्यान्सर हुँदा बालबालिकामा देखिने लक्षणहरु यस्ता छन्ः

footwear zone

– रगतको कमी भइ छाला सेतो देखिनु, त्यतिकै रगत बग्नु ।

– असाधारण रुपमा तौल घट्नु ।

– खोकी निको नहुनु ।

– आँखाको सेतो नाडी डेडो हुनु, दृष्टि गुमाउनु ।

– शरीर सुन्निनु, पेट असामान्य रुपमा फुल्नु ।

– विशेष गरी बिहान अत्याधिक टाउको दुख्नु र बान्ता हुनु ।

– हड्डी दुख्नु, चोट नलागी सुन्निनु ।

– चाँडो गल्नु, थकित हुनु र झोक्राउनु ।

– चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु ।

You might also like

Comments are closed.