सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३० सय ५ कायम रहेको महासङ्घले जनाएको छ ।

footwear zone

बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार क्दै आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ९७ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.