गाउँपालिकाको आफ्नै भवन

 

बैतडी । जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो ।

भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु उक्त रकम विनियोजन गरिएको थियो ।

footwear zone

विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण सुरु गरिए पनि कोरोना संक्रमणका कारणले केही ढिलाइ भएको थियो । नवनिर्मित दुईतले भवनमा सभाकक्षसहित १६ कोठा छन् । भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने, “यसअघि भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दा असहज हुन्थ्यो, अब सहज भएको छ ।”

 

You might also like

Comments are closed.