बनेपा । इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो बनेपामा सार्वजनिक भएको छ । बनेपास्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता चण्डेश्वरी अटोमार्टमा सेलेरियो सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यकारी सदस्य कैलाश पलाञ्चोके र शोरुमका सञ्चालक कमल सोनामले कारको बिक्री सुरुवात गरेका हुन् । उक्त अवसरमा बोल्दै पलाञ्चोकेले इन्धनको मूल्य बृद्धि भइरहेको सन्दर्भमा इन्धन किफायती कार लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
यो कारले सर्वाधिक माइलेज दिने दावी गरिएको छ । सो गाडीको ‘लो रनिङ कस्ट’का कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने उक्त अवसरमा सञ्चालक सोनामले बताए । ‘नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू छन्,’ उनले भने ।

यो गाडी ३ भेरियन्टमा उपलब्ध छ । गाडीको मूल्य २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँ पर्छ । ‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ,’ उनले भने, ‘यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’
अल-न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५’’ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको विश्वास छ ।
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।




Comments are closed.