ताराले शुरु गर्यो इलाममा पहिलो व्यावसायिक उडान

इलाम । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यावसायिक उडान शुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एअरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापुर्बक सम्पन्न भएको हो ।

तारा एअरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो ।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राबिधिक टोली गरि १४ जना यात्रुहरू पहिलो व्यावसायिक उडानमा सहभागी भएका थिए ।

footwear zone

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायत पर्यटन व्यवसायीहरुले उक्त उडानमा सहभागीहरुलाई स्वागत गरेका थिए ।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो ।

आजबाट पहिलो व्यावसायिक उडान शुरु गरेको तारा एअरले आइतबार र बिहीबार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । उनका अनुसार यो गन्तव्यको उडान दुरी करिव एक घण्टाको छ ।

You might also like

Comments are closed.