काम गरेर खाने वर्ग माथि शासन गर्ने तर दायित्व नलिने राजनीतिक चरित्र छ : पाण्डे

काठमाडौं । युवा उद्यमी प्रवल जंग पाण्डेले राजनीतिक दलहरुको आपसी खिचातानीले काम गरेर खाने वर्ग निरास बनेको बताएका छन् । राजनीतिक नेतृत्वले काम गरेर खाने वर्गको समस्याका बारेमा कहिँकतै नबोलेको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उद्यमी पाण्डेले काम गरेर खाने वर्गहरु सुनौलो बिहानीको पर्खाईमा रहेको उनले बताए ।

‘हाम्रो नेतृत्व वर्ग राजनीतिक खिचातानीमा नै व्यस्त, हामी काम गरेर खाने वर्गको समस्याका बारेमा कहिल्यै बोलेको सुनिदैन,’ उनी भन्छन्, ‘यहि काम गरेर खाने वर्गबाट तिरेको करबाट आज राज्य चलेको छ । यहि काम गरेर खाने वर्गबाट पठाएको रेमिटेन्सकै कारण आज देश चलेको छ । यहि काम गरेर खाने वर्गले लगानी गर्दा देशमा रोजगारी सृजना भइरहेको छ ।’

footwear zone

उनी भन्छन्, ‘तर, यहि काम गरेर खाने वर्ग माथि शासन गर्ने तर दायित्व नलिने राजनीतिक चरित्रको कारण काम गरेर खाने वर्ग निरास छन् । तर, पनि हतोत्साहित छैनन् । कुनै न त कुनै दिन सुनौलो बिहानीको पर्खाईमा आफ्नो कर्म गरि नै रहेका छन् ।’

You might also like

Comments are closed.