सिई कन्स्ट्रक्सको निर्माण र व्यवस्थापनमा रुपन्देहीमा ‘माया कम्प्लेक्स’

काठमाडौं । सिई कन्स्ट्रक्सले काठमाडौं बाहिर अत्याधुनिक सुविधा सम्पन्न तथा अन्तर्राष्ट्रियस्तरको नयाँं प्रोजेक्ट ल्याएको छ । रुपन्देहीको तिलोतमामा कम्पनीले नयाँ प्रोजक्ट ल्याएको हो ।

माया डेभलपर्स प्रा.लि.ले सात विघाको क्षेत्रफलमा ‘माया कम्प्लेक्स’ बनाउन लागेको हो । यो बुद्धचोक भैरहवाबाट पाँंच किलोमिटर र बुटवल भैरहवा राजमार्गबाट एक दशमलब एक किलोमिटर पूर्वमा अवस्थित छ । २४सै घण्टा सुरक्षाको व्यवस्था, हरियाली, राम्रो सडक सहितका पूर्वाधार परियोजनामा समावेश गरिएको छ । ‘माया डेभलपर्सले देशकै उत्कृष्ट प्रोजेक्ट रुपन्देहीमा ल्याएको छ,’ कम्पनीले भनेको छ । परियोजनाको निर्माण तथा सम्पूर्ण व्यवस्थापन सिई कन्स्ट्रक्सनले नै गर्नेछ ।

footwear zone

पूर्ण पारिवारिक वातावरणमा घर चाहनेहरुका लागि परियोजनाका घरहरु प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ । परियोजना अन्तर्गत पहिलो फेजमा त्यहाँं ४० रोपनी क्षेत्रफलमा ४८ घरहरु बनाउने तयारी छ । दोस्रो फेजमा २४ रोपनी क्षेत्रफलमा ३२ अवास गृहहरु बनाउने योजना राखिएको छ । त्यस्तै, तेस्रो फेजमा त्यहाँं अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना राखिएको कम्पनीले जनाएको छ ।

निर्माण क्षेत्रको सुप्रशिद्ध कम्पनी सिई कन्स्ट्रक्सनसँग ३ दशक भन्दा बढीको अनुभव छ । कम्पनीले हालसम्म ३ सय भन्दा बढी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । सिइ आइएसओ सर्टिफाइड कम्पनी हो ।

कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको छ । काठमाडौं सहित देशका मुख्य शहरमा रियलस्टेटमा काम गर्ने अग्रणी कम्पनीमा सिई कन्स्ट्रक्सन पर्छ । कम्पनीले अहिले देशभर विभिन्न क्षेत्रमा दर्जनौं ठूला प्रोजेक्टमा काम गरिरहेको छ ।

You might also like

Comments are closed.