चोरीका ६ मोटरसाइकलसहित १ जना पक्राउ

भक्तपुर ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी साेमबार सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

footwear zone

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका दुई वटा मोटरसाइकल र चार वटा स्कुटरसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.