मनाइयो ह्विलचियर दिवस

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले मंगलबार यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताए । अस्पतालमा उपचाररत ह्विलचियर प्रयोगकर्ताहरुका लागि वरिपरिका बस्ती र स्थानहरु अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैँसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्विलचियर गुडाउने बाटो निर्माण भइरहेको बताउँदै उनले सो कार्यमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेको जानकारी दिए । “अरूले डो¥याएर नभई आफैँले ह्विलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदैछौँ”, उनले भने, “जसले स्पाइनल इञ्जरी भएकाहरुका लागि उत्प्रेरणाको काम हुनेछ ।”

footwear zone

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा २० वर्षअगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकट इञ्जरी भएका तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ । ५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डाक्टर राजु ढकालले बताए । अहिले सो अस्पताललाई एक सय शय्या पु¥याउनका लागि सबै प्रक्रिया अगाडि बढिसकेकाले भएको भवनहरु प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने उनले बताए ।

अस्पतालले स्पाइनलकट इञ्जरी भएका व्यक्तिलाई उपचार सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा स्पाइनल इञ्जरी भएका रामबहादुर तामाङ, अर्जुन दोङ लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.