काठमाडौं वर्ल्ड स्कुललाई सम्मान

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुल सम्मानित भएको छ । गुण्डू बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति सूर्यबिनायकबाट स्कुलले सम्मान प्राप्त गरेको हो ।

खानेपानी परियोजनाको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले स्कुलका व्यवस्थापन समिति अध्यक्ष इन्जिनियर डा. मिथलेश कुमार झालाई सम्मान गरेका हुन् ।

उक्त परियोजनालाई सफल बनाउन स्कुलले ४० लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

footwear zone

खानेपानीको ट्यांकी निर्माण, पाइप लाइन बिस्तार तथा ठूलो खोला मूल व्यवस्थापन कार्यमा आर्थिक सहयोगसहित आयोजनाको समग्र निर्माणमा प्राप्त भएको सहयोगको उच्च कदर गर्दै स्कुललाई सम्मान प्रदान गरिएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

You might also like

Comments are closed.