हेटौंडा । अटो पत्रकार संघ नेपाल र हेटौंडा अटोमोबाइल एसोसिएसनको टोलीबीच अन्तरक्रिया सम्पन्न भएको छ । एसोसिएसनको कार्यालय हेटौंडामा शनिबार कार्यक्रम भएको हो ।
उक्त अबसरमा बोल्दै हेटौंडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष सागर सापकोटाले देशको अर्थतन्त्रमा मुख्य योगदान गरेको अटोमोबाइल ब्यवसाय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । राज्यले नीति नियम बनाउँदा साना व्यवसायीलाई पनि समेट्ने गरि बनाउनुपर्ने उनको भनाइ छ ।
अरबौको कारोबार गर्ने व्यवसायी र जीविकोपार्जनका लागि सामान्य व्यवसाय गर्ने व्यवसायीलाई एउटै दायरामा राख्न नमिल्ने उनले बताए । साना व्यवसायीलाई जोगाउने गरि राज्यको नीति बन्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै अटो पत्रकार संघका अध्यक्ष उज्ज्वल जंग शाहले अटो क्षेत्र पत्रकारिताको प्राथमिक क्षेत्र बनिरहेको बताए । आवश्यक परेको ठाउँमा पत्रकारिता मार्फत राज्यको ध्यानाकर्षण गराउन आफूहरू तयार रहेको उनले बताए ।
कार्यक्रममा एसोसिएसनका निबर्तमान अध्यक्ष सुदेश कुमार श्रेष्ठ, महासचिव धर्मराज धिमाल, अटो पत्रकार संघका महासचिव सागर गजुरेल लगायतले बोलेका थिए ।




Comments are closed.