पोखरा । स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एम.ए.डब्लु. इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एस.एस.एल. मोटर्सलाई डिलर नियुक्त गरेको हो ।
नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एम.ए.डब्लु. इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन कम्पनीको गाडी सर्वसुलभ बनाएको छ । कम्पनीले आफ्ना डिलर प्लान अन्तर्गत नेपालभर नेटवर्कहरुको विस्तार एवं स्थापना गर्ने क्रममा पोखरामा पनि युरोपियन स्ट्याण्डर्डको शोरुम स्थापना गरेको हो ।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र एम.ए.डब्लु.का कार्यकारी निर्देशक रोनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरेका छन् । गाडीको व्यवसायमा सेल्ससँगै सर्भिसमा पनि जोड दिनुपर्ने प्रमुख अतिथि थापाले बताए । युरोपियन ब्राण्ड भएकाले स्कोडा राम्रो गाडी भएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उनले भने ।

पश्चिममाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले स्कोडाले पोखरा क्षेत्रमा लोकप्रियता बढाउने विश्वास गरे।
छोटो समयमा नै नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।
पोखरामा शोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते स्पेसल टेष्ड ड्राइभ कार्यक्रमको पनि व्यवस्था गरिएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।
स्कोडा खरिदमा नयाँ अफर
स्कोडाको आधिकारिक बिक्रेता एम.ए.डब्लु इन्टरप्राइजले स्कोडा गाडी खरिदमा सहज फाइनान्स स्किम ल्याएको छ । जस अन्तर्गत १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ । तरलता अभावको वर्तमान समयलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो । स्कोडा मन पराउने ग्राहकहरु यो अफरबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।





Comments are closed.