वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको शाखा, शाखा सञ्जाल १६४ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्जस्थित आदर्शनगरमा शाखा शुभारम्भ गरेको छ । उक्त शाखाको वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरे । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन् ।

footwear zone

 

 

You might also like

Comments are closed.