लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा नेपाल इको प्यानल, तयारी तिब्र

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको मुख्य प्रायोजन नेपाल इको प्यानलले गरेको छ ।

सात तालको बाटिका शहर लेखनाथमा यही फागुन २६ देखि चैत ७ गतेसम्म महोत्सव हुँदैछ । नेपाल इको प्यानलले मुख्य प्रायोजन गरी महोत्सवलाई साथ दिएको हो । महोत्सवमार्फत नेपाल इको प्यानलको ब्राण्ड प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैबीच महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । ‘कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनु नै महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने, ‘स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीहरुलाई प्रोत्साहन गर्दै प्रविधिको हस्तान्तरण गर्न महोत्सव आयोजना गरिएको हो ।’

footwear zone

कृषि, घरेलु, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरण, जैविक विविधताको संरक्षण र पर्यटन प्रवद्र्धन पनि महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले बताए । ‘कला र संस्कृतिको संरक्षणमा पनि हामीले महोत्सव मार्फत योगदान पुर्याउनेछौं । लुकेका प्रतिभाहरुको खोजी पनि महोत्सवमा हुनेछ,’ उनले भने ।

महोत्सवमा करिब ३ सय वटा स्टल रहने भएका छन् । स्टलहरुमा फरक फरक पहिचान देखिनेछ । स्थानीय र घरेलु उत्पादनलाई प्राथमिकतामा राखिएको संघले जनाएको छ । करिब २ लाख पचास हजार दर्शकले महोत्सव अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १ करोड ५ लाख रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ खर्च भई १५ लाख रुपैयाँ बचत हुने आयोजकको अपेक्षा छ ।

You might also like

Comments are closed.