नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घद्वारा ज्ञापनपत्र

काठमाडौं । नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी ब्यवसायका समस्याका विषयमा यातायात ब्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारी साधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारबहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने,भारतीय सवारी साधन विशेष गरी ट्रकको निर्बाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरत तर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमा क्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।

विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्र विक्रम बाँनियाले बिहिबार ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा महासङ्घका महासचिव बाँनियाले विभागले सातदिन भित्र आफ्ना माग पूरा गर्न आग्रह गरे । उनले भने “छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक पटकको मूल्यवृद्धि भएको छ ।

footwear zone

यसबाट ढुवानीमा समस्या हुँदै आएको छ । मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ । ” उनले भारतमा निश्चित समयसम्म सञ्चालन भइ थोत्रिएका ट्रक नेपाली सीमा क्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे ।

You might also like

Comments are closed.