बिल्डकन इन्टरनेशनल एक्स्पोमा कोलम्बिया कंक्रिट ब्लक, पेभर मकिङ मेसिनको प्रदर्शनी

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी बिल्डकन इन्टरनेशनल एक्स्पोमा विश्व प्रशिद्ध कोलम्बिया कंक्रिट ब्लक, पेभर मकिङ मेसिनको प्रदर्शनी गरिएको छ । नेपालका लागि उक्त मेसिनको आधिकारिक बिक्रेता इन्फ्रा सोलुसनले एल६१ मा स्टल राखेर मेसिन प्रदर्शन गरेको हो ।

शुक्रबार सुरु भएको एक्स्पो आइतबारसम्म जारी रहनेछ । एक्स्पोमा सहभागी भएर कोलम्बिया कंक्रिट ब्लक, पेभर मकिङ मेसिनको प्रत्यक्ष अवलोकन गर्न सकिने प्रालिका प्रवन्ध निर्देशक कमल कार्कीले जानकारी दिए ।

त्यसैगरी भाइब्रेन्ट अस्फाल्टिङ सिम्प्फिाइडका मेसिनहरु पनि प्रदर्शनीमा राखिएको कार्कीले जानकारी दिए । उक्त मेसिनहरु ह्याङगर नं. १ मा र स्टल नं. बि–३ मा प्रदर्शनमा राखिएका छ ।

footwear zone

वास्तुकला, भवन, निर्माण, डिजाइन र इन्जिनियरिङसँग सम्बन्धित रहेर एक्स्पो आयोजना गरिएको हो । एक्स्पोको शुक्रबार शहरी विकास मन्त्री रामकुमारी झाँकीले उद्घाटन गरेकी हुन् ।

You might also like

Comments are closed.