सुर्खेतका असल व्यवसायीलाई युवा स्वरोजगार कोषबाट ६० प्रतिशत ब्याज अनुदान

सुर्खेत । सुर्खेत जिल्लाका दुई वटा सहकारी संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था एवं वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका असल व्यवसायीहरुलाई युवा स्वरोजगार कोषबाट ६० प्रतिशत ब्याज अनुदान दिने कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेत प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा युवा स्वरोजगार कोषको कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वित्तीय जन जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, बीमा समिति निर्देशक दिनेश कुमार लाल लगायतको उपस्थिति थियो ।

footwear zone

युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्याको समाधानाका लागि वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ को दफा २ अनुसार २०६५ सालमा कोष स्थापना गरिको हो ।

आर्थिक रुपले विपन्न १८ देखि ६० वर्ष भित्रका वेरोजगार युवाहरुलाई स्वदेशमा नै कृषि, कृषिजन्य तथा सेवा व्यवसाय जस्ता स्वरोजगार मूलक कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई आर्य आर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ ।

 

You might also like

Comments are closed.