यामाहाको बिक्रेता कालिका मोटरसाइकलले ल्यायो शतप्रतिशत फाइनान्स सुविधा

चितवन । पूर्वी चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टस्ले शतप्रतिशत फाइनान्स सुविधा ल्याएको छ । २७औं वार्षिक उत्सवको अवसरमा यो अफर ल्याइएको प्रवन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए ।

‘मौका छ दुवै हातमा, यामाहा छ तपाईंको साथमा’ अफर अन्तर्गत हाल देशमा तरलताको अभाव, कृषि, उद्योग, व्यापार, व्यवसाय सुस्त रहेकाले व्यवसायलाई चलायमान तथा प्रवद्र्धन गर्ने हेतुले सहजीकरणको निम्ती उद्योग, व्यापार व्यावसाय गरिरहनु भएका व्यवसायीहरुलाई लक्षित गरी यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा शतप्रतिशत फाइनान्स अफरु ल्याएको अधिकारीले बताए ।

‘कुनै पनि कम्पनीका मोटरसाइकल स्कुटर एक्स्चेन्ज गराउन आउदा पुरानो साधन नै न्युनतम डाउनपेमेन्ट हुने साथै बाकी रकम फाइनान्सकोे ३६ महिनासम्म दैनिक किस्ताबन्दी सुविधामा उपलब्ध गराइनेछ,’ उनले भने ।

footwear zone

कुनै निश्चित रकम जम्मा नगरी मोटरसाइकल वा स्कुटर फाइनान्स गर्दा डाउनपेमेन्ट गर्नुपर्ने रकम उद्योगी, व्यवसायीहरुले आफ्नो व्यवसाय अभिवृद्धिको लागि लगानी गर्न सक्ने भएकाले यो अफरले व्यवसायमा प्रत्यक्ष लाभ मिल्ने अधिकारीको विश्वास छ । ‘व्यवसायीहरुको व्यावसायिक लगानीमा असर नगरिकन व्यवसाय अभिवृद्धिका लागि साधन खरिद गर्ने गरि छरिएर रहेका व्यवसायीहरुमा डोर टु डोर फाइनान्स सुविधासँगै आवश्यक सल्लाह सुझाव, प्रतिक्रिया लिने अभियान चलाउदै आएका छां,’ पार्टस्का सेल्स म्यानेजर सुदिप लामिछाने भने ।

हरेक मोटरसाइकल तथा स्कुटरको बिक्रीबाट ५ सय रुपैयाँ अनाथ, असहाय र जेहेन्दार विद्यार्थीको शैक्षिक सहयोगार्थ कालिका यामाहा कोषमा जम्मा गरिने जनाइएको छ । हालसम्म यसरी मुनाफाको निश्चित रकम छुट्टयाई स्थापना गरिएको कालिका यामाहा कोषमा २० लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भएको छ। सो रकमबाट २४ जना विद्यार्थीको कक्षा १२ सम्मको अभिभावकत्व ग्रहण गरि शिक्षाको अवसर दिदै आइरहेको कुरा संरक्षक सुजाता खनालले जानकारी दिइन् ।

You might also like

Comments are closed.