८० प्रतिशत बीउविजन निजी क्षेत्रबाटै आपूर्ति

काठमाडौ । नेपाल बीउ व्यवसायी सङ्घले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति निजी क्षेत्रबाट भएको जनाएको छ ।

सङ्घद्वारा सोमबार आयोजित अन्तक्रियामा खाद्यन्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउविजन कम्पनीले आयात गरिरहेको जानकारी दिइयो । स्थानीय जातका बीउविजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट आयात हुँदै आएको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहको जनाइएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउविजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउ विजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर । बीउविजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । सङ्घका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले आफू नेतृत्वको संस्थाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको दाबी गरे ।

 

You might also like

Comments are closed.