काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्र भन्दा बाहिर रहेका व्यक्तिहरुलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ पहुँचमा ल्याउने लक्ष्य छ ।
कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेलज् र हेफर नेपालका प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.