काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा गौतम

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षको जिम्मेवारी निर्माण व्यवसायी कृष्णप्रसाद गौतमले सम्हालेका छन् । संघका अध्यक्ष बालकृष्ण थापा महासंघको बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित भएपछि विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका गौतम विधान अनुसार अध्यक्षको जिम्मेवारीमा आएका हुन् ।

गौतमले बुधबार अध्यक्षको कार्यभार सम्हालेका छन् । यस अगाडि २ कार्यकालसम्म वरिष्ठ उपाध्यक्ष भइसकेका गौतम अनुभवी निर्माण व्यवसायी मानिन्छन् । संघमा सहकोषाध्यक्ष २ पटक र कार्यसमिति सदस्य रहेर ३ कार्यकाल उनले काम गरिसकेका छन्  ।

footwear zone

गौतम २०५१ देखि निरन्तर रुपमा संघमा आबद्ध भएर काम गरिरहेका छन् । अध्यक्षको जिम्मेवारी सम्हाल्दै गौतमले साना व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौतम ड्रागन कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन् ।

You might also like

Comments are closed.