पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड स्थापनाको २५औं वर्ष पुरा भएको छ । २०५३ साल चैत ३ गतेबाट फाइनान्सले बैंकिङ कारोबार गर्दै आइरहेको छ ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहक, शुभेच्छुक, शुभचिन्तकहरुमा आभार व्यक्त गरेको छ । ग्राहकबाट प्राप्त मायाले नै फाइनान्सले सफलता प्राप्त गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ बताउँछन् ।
देशभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २५ वर्षसम्मको यात्रामा संस्थाले ठुलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अगाडि बढिरहेको छ ।

वित्तीय संस्थाको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भने चुक्ता पँुजी १ अर्ब ४ करोड छ । देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा छन् ।
२५ औ वार्षिकोत्सवको अवसरमा संस्थाले चैत्र २ गते प्रधान कार्यालय न्युरोड पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्ना ग्राहकलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको छ,’ प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले भने ।





Comments are closed.